सिभिल बैंकको शाखा झापाको भद्रपुरमा
काठमाडौं, ९ साउन । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले झापा जिल्लाको भद्रपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रकाश तायलले गर्नुभयो ।
उक्त शाखाको उद्घाटनसमा रोहमा प्रमुख अतिथिमा सिभिल बैंकका संचालक प्रकाश तायल, बिशिष्ट अतिथिमा प्रदेश नं १ का प्रदेश सभा सदस्य ओम प्रकाश सरावगी, बिशेष अतिथिमा भद्रपुर नगरपालिका मेयर जिवनकुमार श्रेष्ठ, अतिथिमा भद्रपुर नगरपालिका उप–मेयर चन्द्र माया श्रेष्ठ, कार्यक्रम सभापतिमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्व साधारणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठले भद्रपुर क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताउनु भयो ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्