साधना लघुवित्त वित्तीय संस्थालाई कर्मचारी आवश्यकता, इच्छुकले १५ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं, ७ असार । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आज प्रकाशित गरेको कर्मचारी आवश्यकता सूचना अनुसार अधिकृतका लागि २ जना, अधिकृत र सहायक अधिकृतका लागि १ जना, सहयक अधिकृतका लागि ३ जना, सूपरभाइजरका लागि ५ जना, वरिष्ठ सहायका लागि केही र सहायक कनिष्ठका लागि केही तथा सहायक प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको हो ।

लघुवित्तले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि कर्मचारी आवश्यकता परेकाले माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका महानुभावले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ । यो वित्तिय क्षेत्रको लागि सनौलो र पहिलो खुड्कीलो पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्