टी–विश्वकप छनोट खेलमा नेपालको हार

काठमाडौं, ७ साउन । सिंगापुरमा आयोजना भइरहेको टी २० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट खेल प्रतियोगितामा नेपालले खराब सुरुवात गरे संगै पहिलो खेलमा नेपालले कतारसँग ४ विकेटको हार्यो ।
मुख्य दावेदारको रुपमा रहेको नेपाललाई पहिलो खेलमै हार ब्यहारेको छ । यस खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । ओपनिङमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरे पनि उनीहरु दुवै आउट भएपछि नेपालको ब्याटिङ क्रमश् धरासायी बन्यो । नेपालले केवल १२२ रनको स्कोर बनाएर कतारलाई १ सय २३ रनको अत्यन्त सामान्य चुनौती पेश गरेको थियो ।
खेलमा कप्तान र उपकप्तानले ५।६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । पारसले १७ बलमा २८ रन बनाएर आउट भए भने ज्ञानेन्द्रले २४ बलमा २३ रन मात्र जोड्न सफल भए । उनीहरु दुई जना आउट भएपछि दिपेन्द्र सिंह ऐरीबाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न नै सकेनन् । त्यसै गरि तेस्रो नम्बरमा आएका शरद भेषावकर १३ बलमा ७ रन बनाए भने सोमपाल कामी ११, बिनोद भण्डारी ३, करण केसी ४, सन्दिप लामिछाने ९ र अविनाश बोहरा कुनै रन बिनै आउट भएका थिए ।

ब्याटिङमा आएको कतारले सुरुमै एक विकेट गुमाए पनि त्यसपछिका ब्याट्सम्यानहरुले अत्यन्त चातुर्यतापूर्वक खेल लाई अघि बढाएका थिए । इनाम उल हकले ३२ बलमा ४२ रन बनाए रन आउट भए । २ विकेट क्षतिमा ६८ रन बनाएको कतारले ९९ रनमा ६ विकेट गुमायो । त्यस पछिका ब्याट्समेन मोहम्मद रिजवान र नोउवान सरवारले कतारलाई चार बल बाँकी छँदा जित दिलाए ।
नेपालका बलरहरुमा सन्दिप लामिछानेले ३ विकेट लिए पनि खर्चिला सावित भए । उनले ४ ओभरमा ३३ रन दिए । बाँकी एक विकेट करणले लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्