आज बस्ने बैठकमा पार्टी एकता संयोजन समितिका यस्ता छन एजेण्डा

काठमाडौं । दोस्रो चरणको निर्वाचन सम्पन्न भएको झण्डै एक महिना पुग्न लाग्दा पहिलो पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि बनाइएको एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

बुधबार बस्ने भनिएको बैठकमा एकताको बारे दुई पार्टीका नेताहरुले बेला बेलामा गर्ने टिप्पणीका बारेमा केन्द्रीत हुने भएको छ ।

त्यसैगरी पद बाँड फाँडको विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रको हिजो बसेको बैठकले प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्य एउटा जिम्मेबारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिनु पर्ने निश्कर्ष निकालेको छ भने एमालेका नेताहरुले अध्यक्ष र प्रधानमन्त्री एउटै नेता हुने दावी गरेका छन् ।
असोज १७ गते सभागृहभा देखिएको भाव निर्वाचन पछि तुरुन्तै पार्टी एकता हुने देखिए पनि घटनाक्रमले यसमा सुस्तता ल्याएका छन् । पछिल्लो पटक कार्तिकमा एमाले उपाध्यक्ष वामदेव गौतमको निवासमा पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो । संयोजन समितिमा दुई पार्टी कै शीर्ष नेताहरु छन् ।

राजनीतिक वातावरण सहज बनाएर एकता प्रक्रियमालाई अघि बढाउनेमा शीर्ष नेताहरु रहेकोले एकता प्रक्रियामा ढिलाई भएको एमालेका एक नेताले बताए ।

धेरै विषयमा अन्तरविरोध र मतान्तर हुदा हुदै पनि पार्टी एकता भने हुने दुवै पार्टीका नेताहरुले दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्