अरबौँ हिनामिना गरेको आरोपमा पाकिस्तानका पूर्व प्रधानमन्त्री गिरफ्तार
काठमाडौं, साउन २ । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई गिरफ्तार गरिएको छ ।
नेशनल एकाउन्टिबिलिटी ब्यूरो (एनएबी) का १२ सदस्यको टोलीले उनलाई गिरफ्तार गरेको हो ।
पूर्व प्रधानमन्त्री अब्बासीलाई लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) लाई आयातमा अनुबन्धन दिँदा अरबौँ रुपैयाँ हिनामिना गरेको आरोपमा गिरफ्तार गरिएको हो ।
पूर्व प्रधानमन्त्री अब्बासीलाई पत्रकार सम्मेलन गर्न गैरहेको अवस्थामा गिरफ्तार गरिएको पाकिस्तानको समाचार संस्था डन न्यूज टिभीले बजनाएको छ ।
गिरफ्तारीमा परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री अब्बासीलाई शुक्रबार एकाउन्टिबिलिटी अदालतमा पेस गराइनेछ । एनएबीले एलएनजीको विषयमा उनलाई पत्राचार गरे पनि उनी हाजिर भएका थिएनन् ।
अब्बासी विपक्षी पार्टी पीएमएल–एन का दोस्रो ठूलो नेता हुन् । अब्बासी सन् २०१८ मार्च महिनामा दुई दिनको औपचारिक भ्रमणमा नेपाल आएका थिए ।
प्रतिक्रिया दिनुहोस्