जापानको एक स्टुडियोमा भिषण आगजनी : २३ जनाको मृत्यु

काठमाडौं, साउन २ । जापानको एक स्टुडियोमा भिषण आगजनी हुँदा २३ जनाको मृत्यु भएको छ ।

जापानको क्योटो शहरमा रहेको एउटा एनिमेशन स्टुडियोमा गराइएको आगजनीमा परि कम्तीमा २३ जनाको मृत्यु भएको हो ।

क्योटो अग्नि नियन्त्रण विभागका अनुसार क्योटो एनिमेसन कम्पनीको भवन गराइएको आगजनीमा २३ जनाको ज्यान गएको हो ।

स्थानीय समयअनुसार बिहान साढे १० बजे स्टुडियोमा आगो लागेको थियो । स्थानीयले खबर गरेपछि प्रहरी तथा दमकल आएको थियो । ४८ ओटा दमकलको सहयोगमा आगो निभाइरहेको छ ।

क्योटो प्रहरीका अनुसार एक जना व्यक्ति स्टुडियोमा छिरेर ‘पेट्रोलियम पदार्थ’ फ्याँकेका थिए । ४० को हाराहारीका उमेर रहेका ती व्यक्तिको परिचय खुलाइएको छैन । घाइते भएका उनलाई अस्पताल लगिएको छ ।

क्योटो अग्नि नियन्त्रण विभागका अनुसार आगलागीमा परि अन्य ३६ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।

पानी सञ्चार माध्यमहरुका अनुसार आगजनी भएको बेला स्टुडियोभित्र झण्डै ७० जना थिए ।

प्रतिक्रिया दिनुहोस्