अजोड ईन्स्योरेन्सको पहिलो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ३ असार । बीमा बजारमा निर्जीवन बीमाको आवश्यकतालाई परिपूर्ति गर्ने उद्येश्यका साथ १९ औं निर्जीवन बीमा कम्पनीको रुपमा स्थापना भएको अजोड ईन्स्योरेन्स लिमिटेडको पहिलो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कम्पनी संचालनमा आएको छोटो अवधिमा नै कम्पनीको प्रधान कार्यालय लगायत प्रादेशिक तथा शाखा कार्यालयहरु सहित कूल ३० कार्यालयहरु, एक ग्राहक सेबा केन्द्र र १७ बटा तेश्रो पक्ष बीमा काउण्टर मार्फत कम्पनीको कार्यक्षेत्रलाई सातै प्रदेशमा विस्तार गरी बीमा सेवा प्रदान गर्न सक्षम भएको छ । यस कम्पनीले मिति २०७६ साल बैशाख ०१ गते देखि नै लागु हुने गरी आफ्ना ग्राहकहरुलाई ३६५ दिन नै बीमा सेवा समेत प्रदान गर्दै आएको छ ।

कुनै पनि बीमा कम्पनीका लागि मेरुदण्डका रुपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शि वनाउने उद्येश्यले यस कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरि रु।२ लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको छ ।
आज सम्पन्न भएको कम्पनीको प्रथम बार्षिक साधारण सभाले निम्न उल्लेखित विषयका निर्णयहरु पारित गरेको छ ।

विगत आ।ब। २०६४/०६५ देखि आ।ब। २०७३/०७४ सम्मको वित्तीय विबरण पारित भएको ।
संचालक समिति वाट प्रस्तुत आ।ब।२०७४/०७५ को बार्षिक प्रतिवेदन पारित भएको ।
ल्ँच्क् वमोजिम आ।ब। २०७४/०७५ को वित्तीय विबरण तथा लेखा परीक्षण प्रतिवेदन पारित भएकोे ।
संचालक समितिको सिफारिस वमोजिम बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक पारित भएको । सर्बसाधारणका लागि शेयर निस्काशन सम्वन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान भएको ।

यसै सन्दर्भमा संस्थापक शेयरधनिहरुको तर्फ बाट ४ जना संचालकहरु क्रमशः आजाद श्रेष्ठ, राम बहादुर गुरुङ्ग (अ.प्रा.), सागर गुरुङ्ग र चिरञ्जिवी द्वा लाई सर्बसम्वत निर्विरोध निर्वाचित गरेकोमा संचालकहरु मध्येबाट आजाद श्रेष्ठ अध्यक्ष पदमा चयन हुनु भई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष पद बहालिको सपथ ग्रहण लिनु भयो ।

यस कम्पनीले चालु आ।ब।को हाल सम्म ४९,४०० बीमालेख जारी गरी रु.४१ करोड बीमा शुल्क आर्जन गर्नु का साथै हाल सम्म ३३० बटा दावी वापत रु.२.८३ करोड दावी भुक्तानी गर्न सफल भएको छ । त्यसै गरी हाल कम्पनीको संस्थापक सदस्यहरुबाट कायम रहेको चुक्ता पूजी रु। ७० करोड रहेको छ भने लगानी तर्फ रु. ७८.०५ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्