भारतको मुम्बइमा चारतले भवन भत्कियो, ४० जनाभन्दा बढी पुरिएको आशंका, उद्धारकार्य चल्दै

काठमाडौं, असार ३१ । भारतको मुम्बइमा ४ तले भवन भत्किएको छ । मुम्बइमा रहेकोको डोंगरी इलाकामा मंगलबार बिहान केसरबाइ नाम गरेको एउटा चारतले भवन भत्किँदा झण्डै ४० जना पुरिएको आशंका गरिएको छ ।

स्थानीय दमकल विभाग र राष्ट्रिय य विपद प्रतिक्रिया दल (एनडीआरएफ) समयमै घटनास्थल पुगेर उद्धारकार्य गरिरहेको जनाइएको छ ।

भवन रहेको गल्ली साँघुरो भएकाले उद्धारमा कठिनाइ भइरहेको छ भने मानिसहरुको लाइन बनाएर उद्धारकार्य गरिरहेका छन् ।

स्थानीयका अनुसार त्यो भवन एक सय वर्षभन्दा पनि पुरानो भए पनि जीर्ण अवस्थाको भने थिएन । त्यसैले यो भवन ढलिहाल्ला भनेर कसैले अनुमान गरेका थिएनन् ।

महानगरभित्र रहेका खतराजनक भवनहरुको सूची बनाउने बृहत मुम्बइ कर्पोरेशन बीएमसीको सूचीमा पनि यो भवनको नाम समावेश थिएन । बीएमसीका अनुसार बिहान ११ बजेर ४८ मिनेट जाँदा डोंगरीको टांडेल गल्लीमा रहेको केसरबाइ नाम गरेको यो भवनको आधा भाग भत्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्