आँधीखोला लघुवित्तलको आईपिओ बाँडफाँड, तपाईलाई पर्याे ?

काठमाडौं, ३० असार । आँधीखोला लघुवित्तलको साधारण शेयर (आईपिओ) बाँडफांड भएको छ । प्रबन्धक एनआईबिएल क्यापिटलले सोमबार बिहान शेयर बाडफांड गरेको हो ।

आईपिओमा ३ लाख ९ सय ९२ आवेदकबाट ५२ लाख ५० हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५ सय ७९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकि रहेको ३ लाख ४ सय १३ योग्य आवेदक मध्ये गोलाप्रथाबाट ३७ हजार ५ सय जनाले समान १० कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबमा २ लाख ६३ हजार ४ सय २२ आवेदक हात खाली भएका छन् ।

कम्पनीले गत आइतबार देखि ४ करोड रुपैया बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र २० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि कारोवार सुरु गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले स्याङजा सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ कार्यक्षेत्रहरुमा आफ्नो विस्तार गरेको छ ।
आँधिखोला लघुवित्तको हाल चुक्ता पूँजी ६ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ । कम्पनीको अधिकृत पूँजी १५ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्