मलेसियामाथि नेपालको सानदार जित, कप्तान पारस चम्किँए
काठमाडौं, असार २८ । पहिलो टी–२० मा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । यससँगै दुई म्याचको सिरिजमा नेपाल १–० ले अगाडि रह्यो ।
किनरारा ओभलमा मलेसियाले प्रस्तुत गरेको १२९ रनको लक्ष्य नेपालले ९ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । पारस खड्का र प्रदिप ऐरी ओपनिङमा आएका थिए तर, प्रदिप सस्तैमा आउट भए ।
ज्ञानेन्द्र मल्ल ७ र रोहितकुमार पौडेल मात्र ५ रनमा आउट भए तर कप्तान खड्काले कप्तानी इनिङ खेले ।
उनले मात्र ५० बलमा ड चौका र ५ छक्काको मदतमा अविजित ८६ रन बनाए । चोथो विकेटका लागि उनले शरद भेषावकरसँग ६१ रनको साझेदारी गरे ।
शरद भेषावकर १६ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । उसका भिरनदिप सिंहले ५७ रन बनाए भने अहमेद फैजले ४५ रन जोडे । दुबैले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।
अरु ब्याट्सम्यान चल्न सकेनन् । उसका पाँच ब्याट्सक्यान त शुन्यमै आउट भएका थिए ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ र समेपाल कामीले १ विकेट आफ्नो नाममा लेखाए ।
प्रतिक्रिया दिनुहोस्