नेपालले शनिबार मलेसियाविरुद्ध टी-२० सिरिज खेल्दै, कस्तो रहला प्रदर्शन ?
काठमाडौं, असार २७ । नेपालले मलेसियाविरुद्ध शनिबार र आइतबार टी-२० सिरिज खेल्ने भएको छ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा विहान पौने ८ बजे खेल सुरु हुनेछ।
आगामी साउन ६ देखि सिंगापुरमा हुने टी-२० विश्वकप छनोटको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले अभ्यास खेल खेल्न लागेको हो । आइतबार हुने दोस्रो अभ्यास खेल पनि किनरारा मैदानमै हुनेछ।
यो खेलपछि नेपाली टिम मलेसियाबाटै साउन ४ गते सिंगापुर जानेछ। उक्त छनोट खेलमा नेपाल कतार, मलेसिया, कुवेत र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो खेल कतारसँग साउन ७ गते, मलेसियासँऊ साउन ८ गते, कुवेतसँग साउन ११ गते र सिंगापुरसँग साउन १२ गते खेल्नेछ। यो प्रतियोगिताको च्याम्पियन विश्व छनोटमा पुग्नेछ। विश्व छनोट भने आगामी अक्टोबरमा युएईमा हुँदैछ।
टी–२० विश्वकप छनोटका लागि १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। तीमध्ये शीर्ष ६ टिम आगामी वर्ष अस्ट्रेलियामा हुने आइसिसी टी(२० विश्वकपका लागि छानिनेछन्।
प्रतिक्रिया दिनुहोस्