विश्वकप क्रिकेटः अष्ट्रेलियालाई झट्का, आठ ओभरमा तीन विकेटको क्षतिमा १९ रन मात्रै
काठमाडौं, असार २६ । इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई तेस्रो झट्का लागेको छ।
अष्ट्रेलियाले आठ ओभरको समाप्तीमा तीन विकेट गुमाएर केवल १९ रन मात्रै जोडेको छ।
अष्ट्रेलियाका पिटर ह्याण्डस्कोम्ब चार रनमा आउट भएका छन्। यस्तै अष्ट्रेलियाले कप्तान आरोन फिन्चलाई शून्य रन र डेविड वार्नरलाई नौ रनमा गुमाएको छ।
इंग्ल्याण्डले कसिलो बलिङ गरिरहेको छ। फिन्चलाई इंग्ल्याण्डका जोफ्रा आर्चरले आउट गरेका हुन् भने वार्नर र पिटरलाई क्रिस बक्सले आउट गरेका हुन्।















प्रतिक्रिया दिनुहोस्