राष्ट्रिय वाणिज्य बैंकको शाखा बर्दियाकोे बांसगढीमा

काठमाडौं, असार २६ । प्रदेश नम्बर ५को बर्दिया स्थित बांसगढी नगरपालिका ५ मा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय संचालनमा आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।

योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्