हङकङलाई हराउँदै नेपालले जित्यो एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि

काठमाडौं, असार २४ । नेपालले मलेसियामा सम्पन्न एसियाली क्रिकेट काउन्सिल (एसिसी) यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

नेपालले एसीसी युथ नाइन्टिन इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

मलेसियामा आज सम्पन्न प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि जितेको हो ।

जितसंगै नेपाल युथ नाइन्टिन एसिया कपमा छनोट भएको छ । ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा र्गयो ।

ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए ।

पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनाए । खड्ग बहादुर बोहरा ८ रनमा पविलियन फर्किए ।

यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले व्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनायो ।

खराब सुरुवात गरेको हङकङले रनको खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाएको थियो ।

तर, आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए ।

रौनक कपुरले १२ रन बनाए । हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरे ।

१० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए । यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए ।

कुशल मल्ल र तिलक राज भण्डारीको नाममा एक एक विकेट रह्यो ।

उपाधि सहित एसिया कपमा छनोट नेपालले टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्