नेशनल माइक्रो फाइनान्सद्वारा हवाहुरी प्रभावित सदस्यहरुलाई राहत वितरण

काठमाडौँ । राष्ट्रिय स्तरको वित्तिय संस्था नेशनल माइक्रोफाइनान्स वितीय संस्था लि शाखा कार्यालय गेटाद्धारा बिनासकारी हवाहुरी प्रभावित सदस्यहरुको लागी राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

समुह न ८४ की सदस्य रोमादेबी कटेलको अध्यक्षतामा संचालित कार्यक्रम प्रमुख अतिथि धनगढी स्थित नेपाल राष्ट्र बैङ्खका प्रमुख निर्देशक निश्चल अधिकारी र बिशिष्ट अथिति सस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा धनगढी स्थित नेपाल राष्ट्र बैंकका सहायक निर्देशक दोर्णबहादुर सिंह, बिभिन्न शाखा कार्यालयका प्रमुख, समाजसेवी, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

राहतवितरण अन्तर्गत गेटा कैलाली शाखामा आवद्ध रहेका ग्राहक सदस्यहरु मध्ये १३० जना सदस्यहरुलाई जनही चामल १ बोरा, दाल ३ किलो, तेल ३ लिटर, नुन १ पोका, हल्दी १ पोका, र मिक्स मसाला १ पोका लगायत समाग्रीहरु वितरण गरिएको वित्तीय संस्थाले जनाएको छ ।
राहतवितरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत संस्थामा आवद्ध भएका ग्राहक सदस्यहरुलाई हवाहुरीबाट पीडामा परेकालाई मलमलगाउने काम गरेको बताए , उनले संस्थाले ग्राहक सदस्यहरुलाई कर्जा बचत मात्र नभई समाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको बताए ।


राहतवितरण कार्यक्रमका सभापति रोमा देवी कटेलले पीडामा भएका सदस्यहरुलाई रहत वितरण कार्यले राहतका साथै संस्थाप्रति सर्वसधारणको भरोसा तथा विश्वाश बढने बताए ।

प्रतिक्रिया दिनुहोस्