एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौता
काठमाडौं, असार २२ । एन आई सी एशिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल ललितपुर बीच छुटसम्वन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवा र सुजुकी ड्राइभिङ स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरेका छन् ।
बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्यूआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १०% सम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।
क्यूआर पेमेन्टका लागि सर्वसाधारणले एन आई सी एशियाको मोबाइल एपमार्फत् क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्