विश्वकप क्रकेटः श्रीलंका र भारतको खेल सुरु, श्रीलंका ब्याटिङ गर्दै, कसले मार्ला बाजि ?

काठमाडौं, असार २१ । इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारत र श्रीलंकाबीचको खेल सुरु भएको छ। श्रीलंकाले टस जितेर ब्याटिङ थालेको छ।

भारतले जारी विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने श्रीलंका सेमिफाइनलको होडबाट बाहिरिसकेको छ।

जारी प्रतियोगितामा भारत आठ खेलबाट १३ अंक जोड्दै अंकतालिकाको दास्रो स्थानमा रहेको छ। उनले आठमध्ये ६ खेलमा जित हात पारेको थियो भने एक खेलमा पराजित भएको थियो। एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो।

आठ खेलबाट आठ अंक जोडेको श्रीलंका भने अंकतालिकामा छठौँ स्थानमा छ। तीन खेलमा जित र तीन खेलमा हार व्यहोरेको श्रीलंका दुई खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्न बाध्य भएको थियो।

अंकतालिकामा दोस्रो स्थानमा रहेको भारतले यदि श्रीलंकाविरुद्धको खेलमा जित हात र्पायो र आज हुने अर्को खेलमा दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजित भयो भने भारत शीर्ष स्थानमा उक्लने छ।

सेमिफाइनलमा भारतले इंग्ल्याण्ड र न्यूजिल्याण्ड मध्ये एकको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्