लुम्बिनी विकास बैंक र खल्ति डिजीटल एप बीच सहकार्य

काठमाडौं, असार २० । लुम्बिनी विकास बैंक र खल्ति डिजीटल वालेट बीच डिजीटल सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्ति डिजीटल वालेटको तर्फबाट निर्देशक ध्रुब अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरका छन् ।

सम्झौता अनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुले आफ्नो बैंक खाताबाट सिधै खल्ति वालेटमा रहेको आफ्नो खातामा पैसा ‘लोड’ गर्न सक्नेछन् ।

यसरी लोड गरेको रकमले वालेट मार्फत विभिन्न सेवा र खरिद सम्बन्धि बिल भुक्तानी गर्न सकिनेछ ।

ग्राहकहरुले लुम्बिनी स्मार्ट (मोबाईल बैंकिङ्ग ‘एप’) का साथै बैंकको कुनै पनि शाखाबाट ‘काउण्टर डिपोजिट’ को माध्यमबाट समेत वालेटमा रकम ‘लोड’ गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्