नेपाल एसबिआई बैंक लि.: संचालक समितिको अध्यक्षमा बि.आर.एस. सत्यनारायण चयन

काठमाडौं, असार १९ । नेपाल एसबिआई बैंक संचालक समितिको अध्यक्षमा बि.आर.एस. सत्यनारायाणलाई सर्वसम्मत्तीबाट चयन गरिएको छ ।

आज बबसेको ४३८ औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनुभएका संचालक सत्यनारायणलाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरिएको हो ।


अध्यक्ष बि.आर.एस. सत्यनारायण, एस.बि.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रहेका थिए ।

उनले एस.बि.आई. का एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्नुहुन्छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष बि.आर.एस. सत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक नरेन्द्र सिंह विष्ट, का.मु. निर्देशकहरु विरेन्द्र दत्त अवस्थी तथा नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एस.बि.आई. भारतका नायव प्रबन्ध संचालक सुजित कुमार बर्मा, बैंकका संचालकहरु आर.एस. रमेश, बाल कृष्ण श्रेष्ठ, अर्जुन कुमार गौतम, केशव राज आचार्य, एवं बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागर, नायब सिईओ तथा प्रमुख संचालन अधिकृत शुभकान्त कानूनगो, प्रमुख वित्तीय अधिकृत प्रियरंजन, प्रमुख कर्जा अधिकृत श्री देवराज अधिकारी तथा बैंकका कम्पनी सचिव भिष्म नेउपाने लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्