नेशनल माइक्रोफाइनान्स छैठौं बर्षमा प्रवेश, अनाथ बालबालिकालाई शैक्षिक समाग्री वितरण

काठमाडौं, १९ असार । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड पांचौ बर्ष पुरा गरी छैठौं बर्षमा प्रबेश गरेको छ । संस्थाले बार्षिक उत्सवका अवसरमा धादिङमा अवस्थित आमाको माया छात्रवासमा आश्र्रय लिएका २५ जना अनाथ बाल बालिकालाई एक थान कम्प्युटर, खेलकुद समाग्री लगायत आवश्यक अन्य भौतिक सामाग्री वितरण गरेको छ ।


सो सामाग्री संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले आमाको माया छात्रवासका अध्यक्ष डा.नविन वन्धु पहाडीलाई हस्तान्तरण गरेका हुन् ।


सो कार्यक्रमका अवसरमा संस्थाका देशभर रहेका शाखा कार्यालयहरुले आ–आफ्नो क्षेत्रहरुमा सरसफाई, वित्तिय साक्षरता, बृद्धवृद्धालाई सहयोग, अस्पतालका विरामीलाई फलफुल वितरण समेत गरेका छन् ।

२०७१ आषाढ १८ गते देखि राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा संचालनमा आएको संस्थाले मोवाइल बैकिङ र एस.एम.एस. बैकिङको सेवा समेत शुरुवात गरेको छ । संस्थाले धादिङ शाखाकी सदस्य कोपिला श्रेष्ठको खातामा रु.५०० जम्मा गरि मोवाइल बैकिङ सेवाको शुरुवात संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले गरेका हुन् । संस्थाको मोवाइल बैकिङ सेवाबााट युटिलिटी पेमेन्ट, मोवाइल रिचार्ज तथा रकम ट्रान्फरको साथै अन्य सेवा प्राप्त गर्न सक्नेछन भने एस.एम.एस. बैकिङबाट सदस्यहरुले गरेको बचत तथा कर्जाको कारोवारको विवरण र अन्य सूचना प्राप्त गर्न सक्नेछन् ।


धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहेको संस्थाले ३८ जिल्लाका ५० वटा शाखा कार्यालय मार्फत ८० हजार भन्दा वढी घरधुरीलाई सेवा पुर्याइरहेको छ । हाल संस्थाको कर्जा लगानी करिब रु.४ अर्ब र बचत रु.१ अर्ब २६ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्