नबिल बैंकका ग्राहकलाई बिराटनगर अस्पतालमा अब विशेष छुट
काठमाडौं, असार १८ । नबिल बैंकका ग्राहकलाई बिराटनगर अस्पतालमा अब विशेष छुट मिल्ने भएको छ ।
नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर अस्पतँलमा विशेष छुट र सुविधा पाउने गरी नबिल बैंक र बिराटनगर अस्पतँल (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बीच सम्झौता भएको छ ।
उक्त सम्झौता बमोजिम बिराटनगर अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।
नबिल बैंकका बिराटनगर शाखाका शाखा प्रबन्धक राजेश दासले ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने प्रयासको निरन्तरता स्वरुप बिराटनगर अस्पतालसँगको सम्झौताले नविलका कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास लिएको बताए ।
त्यसैगरी, बिराटनगर अस्पतालका निर्देशक सुनिल तपरियाले नेपाली नागरिकहरुलाई अधिक सेवा पु¥याउने प्रतिबद्धता अनुरुप नबिल बैंकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको साथै यस सम्झौताले थप एक कदम अगाडी बढ्न मद्दत पुगेको विश्वास अस्पतँलले लिएको बताए ।
४०० बेड सहितको बिराटनगर अस्पतालले १९ बर्ष देखि गुणस्तर एकीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्