यू–१९ एसिया कप छनौटः पहिलो खेलमा नेपालको प्रभावशाली जित

काठमाडौं, असार १८ । यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले प्रभावशाली जित हासील गरेको छ ।

नेपालले चीनलाई १० विकेटले हराएको छ । ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गरेको हो । चीनले दिएको ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमै पूरा गरेको हो ।

टस जितेर पहिला फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रनमै अल आउट गरेको थियो ।

पवन सरार्फको विस्फोटक ब्याटिङमा नेपालले प्रभावशाली जित दर्ता गरेको हो । २१ बलमा ४६ रन बनाएका सरार्फले ६ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर रित गौतम १० रनमा नटआउट रहे ।

नेपालका सागर ढकाल एक्लैले ६, तिलक भण्डारीले ३ रकमल सिंह ऐरीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्