एनआईसी एसिया बैंक र नारायणी वयोधा हस्पिटल वीरगञ्जबीच सम्झौता

काठमाडौँ , असार १४ । एनआईसी एसिया बैंक र नारायणी वयोधा हस्पिटल वीरगञ्जबीच उपचारको क्रममा छुट दिने सम्बन्धी सम्झौता भएको छ।

बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको हो।

बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ८४ शाखा, २ सय ९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्