पर्खाल भत्किँदा १४ जनाको मृत्यु

काठमाडौं, असार १४ । एक पर्खाल भत्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । भारत महाराष्ट्रको पुणेमा पर्खाल भत्किँदा कम्तिमा १४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोन्धवामा शनिबार बिहान लगातारको वर्षाका कारण पर्खाल भत्किएको हो ।
६० फिट अग्लो पर्खालले सँगै जोडिएर रहेका झुपडी पुरिँदा ठूलो क्षति भएको हो ।

कम्तिमा दुईजना अझै भत्किएको ठाउँमा पुरिएको बताइएको छ । खोजी तथा उद्धारको काम जारी छ ।
घटनामा घाइते भएकाहरुको संख्या यकिन भएको छैन । दुईजनालाई सकुशल उद्धार गरिएको समाचार संस्था एएनआईले जनाएको छ । ज्यान गुमाउनेमा चारजना बालबालिका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्