फ्रान्सको तापक्रम अहिलेसम्मकै उच्च, पुग्यो ४५.९ डिग्री , जनजीवन प्रभावित

काठमाडौं, असार १४ । युरोपका केही देशमा हाल गर्मी उत्कर्षमा पुगेको छ । विशेष गरी फ्रान्सको जनजीवन उच्च तापक्रमका कारण प्रभावित भएको छ । फ्रान्सको तापक्रम इतिहासकै सबैभन्दा बढी ४५.९ डिग्री सेल्सियस पुगेको छ ।

युरोपभर तातो हावा चलिरहेको छ । फ्रान्सको दक्षिणी गाउँ गेलागुँलु मोन्तुको तापक्रम ४५.९ डिग्री पुगेको हो । यसअघि सन् २००३ मा तातो हावा चलेका बेला फ्रान्सको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको थियो ।

फ्रान्सका स्वास्थ्य मन्त्री एग्नेर बुयिनले तापक्रम बढ्दै गएकाले सबै जोखिममा रहेको बताएका छन् । फ्रान्सको मौसम विभागले चार क्षेत्रका लागि रेड अलर्ट जारी गरेको छ । रेड अलर्ट जारी गरिएका सबै क्षेत्र दक्षिणमा पर्छन् ।

देशका अरु सबै भागमा भने ओरेन्ज अलर्ट जारी गरिएको छ । उत्तरी अफ्रिकाको मौसमी गतिविधिका कारण मध्य युरोपमा तातो हावा चलेको मौसमविदले बताएका छन् ।

शुक्रबार फ्रान्सका सयौँ विद्यालय बन्द गरिएका छन् । फ्रान्सको दक्षिणका अधिकांश क्षेत्रको तापक्रम ४० डिग्री भन्दा माथि रहेको छ । शनिबार देशका अधिकांश क्षेत्रको तापक्रम ३७ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने फ्रान्सको मौसम विभागले जनाएको छ ।

यस्तै गर्मीका कारण प्रभावित भएको युरोपको अर्को देश स्पेनमा अहिलेसम्म कम्तिमा दुईजनाको ज्यान गएको बताइएको छ ।

अलर्ट जारी गरिएको छ । उत्तरी अफ्रिकाको मौसमी गतिविधिका कारण मध्य युरोपमा तातो हावा चलेको मौसमविदले बताएका छन् ।
शुक्रबार फ्रान्सका सयौँ विद्यालय बन्द गरिएका छन् । फ्रान्सको दक्षिणका अधिकांश क्षेत्रको तापक्रम ४० डिग्री भन्दा माथि रहेको छ । शनिबार देशका अधिकांश क्षेत्रको तापक्रम ३७ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने फ्रान्सको मौसम विभागले जनाएको छ ।
यस्तै गर्मीका कारण प्रभावित भएको युरोपको अर्को देश स्पेनमा अहिलेसम्म कम्तिमा दुईजनाको ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्