सिभिल बैंकको शाखा बर्दियाको ठाकुरद्वारामा

काठमाडौं, असार १३ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको ठाकुरद्वारामा पनि शाखा संचालनमा ल्याएको छ ।

शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णा कुश्मा थारु (आस्था) ले गरिन् ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपमेयर थारुले यस क्षेधमा आफ्नो शाखा विस्तार गरेकोमा धन्यवाद दिदै सिभिल बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी समेत प्रकट गरिन् ।

शाखा कार्यालय विस्तार भएसंगै अब यसबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा सिभिल बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको छ ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला,सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

ठाकुरद्वारा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८५ पुगेकोे पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्