ट्रम्पले पुटिनलाई भने-अमेरिकी चुनावमा हस्तक्षेप नगर्नू
काठमाडौं, असार १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिन लाई ‘आगामी २०२० को चुनावमा हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।
उनले जी-२० सम्मेलनको बैठकपछि रुसी राष्ट्रपति पुटिनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावमा हस्तक्षेप नगर्न आग्रह गरेका हुन् ।
यस अघिको सन् २०१६ को अमेरिकी चुनावमा रुसको हस्तक्षेप रहेको ठोस प्रमाण सार्वजनिक भएपछि यी दुई राष्ट्रपतिको यो पहिलो भेट हो । र उनले यो भेटमा ठट्यौली शैलीमा यस्तो भनेका हुन् ।
आगामी चुनावलाई लक्षित गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले मुस्कुराउँदै रुसी राष्ट्रपति पुटिनलाई हस्तक्षेप नगर्न भनेका हुन् । ट्रम्पले यस्तो भन्दा रुसी राष्ट्रपति पुटिन पनि हाँसेका थिए ।
फिनल्याण्डको राजधानी हेल्सिंकी एक वर्ष अघि यी दुई समकक्षीको भेटवार्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्