सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा
काठमाडौं, असार ११ । सिभिल बैंक लिमिटेडले आफ्नो नयाँ शाखा दाङको लालमटीयामा पनि विस्तार गरेको छ ।
सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमा नन्द सुवेदीले गरे ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस क्षेधमा आफ्नो शाखा विस्तार गरेकोमा धन्यवाद दिए ।
अध्यक्ष सुवेदील सिभिल बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी समेत प्रकट गरे ।
शाखा कार्यालय विस्तार भएसंगै अब यसबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा सिभिल बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको उनले बताए ।
लालमटीया शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८३ पुगेकोे पनि बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्