भरतपुर महानगरले छुट्यायो क्रिकेट रंगशालाका लागि साढे ६ करोड

काठमाडौं, असार १० । भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरको मंगलबार सार्वजनिक बजेटमा रंगशालाका लागि महानगरको तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँचरपाँच लाख गरी ६ करोड ४५ लाख बजेट विनियोजन गरिएको हो ।

बजेट प्रस्तुत गर्दै उपमेयर पार्वती शाहले २९ वडाबाट पाँचरपाँच लाख र विनियोजन गरिएको बताए ।


यसअघि प्रदेश नम्बर ३ सरकारले रंगशाला निर्माणका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पैसा अभावका कारण रंगशाला निर्माण नरोकिने बताए । रंगशाला निमार्ण भएरै छोड्ने उनले दाबि पनि गरे ।

प्रतिक्रिया दिनुहोस्