प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम फाइनलमा

काठमाडौं, असार १० । कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली फाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले आज बिहानको खेल वर्षाका कारण प्रदेश नंं २ सँग प्रतिष्पर्धा नै नगरी फाइनलमा प्रवेश गरेको हो ।

“वर्षाका कारण समूह ए मा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको टिम फाइनल पुगेको हो ।” प्रतियोगिता प्राविधिक कमिटीका संयोजक विनय झाले भने, “वर्षाका कारण प्रतियोगिता अवधिभर चार वटा खेल अवरुद्ध हुनपुगे ।”

बुधबार बिहान हुने फाइनल प्रतियोगिताबाट उपाधि विजेता टिमले रु चार लाखसहित पुरस्कृत हुनेछ भने दोस्रो हुने टिमले रु तीन र तेस्रो हुने टिम रु दुई लाख नगदसहित पुरस्कृत हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्