जनरल इन्स्योरेन्सको ४०औं शाखा कालिमाटीमा

काठमाडौं, ९ असार । निर्जीवन बीमा व्यवसायमा सक्रिय रहँदै आईरहेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाण्डौको कालिमाटीमा आफ्नो शाखा विस्तार गरेको छ ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा) का पोलिटव्यूरो सदस्यएंव सघिय संसदका सांसद तथा पुर्व स्थानिय विकास मन्त्रि कृष्ण गोपाल श्रेष्ठले सो शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सरकार आर्थिक समृद्धी र विकासलाई आत्मसाथ गर्दै अघि बढेकाले अब नेपाली बीमा व्यवसायको भूमिका पनि समृद्धीसंगै जोडिनु पर्ने बताए । श्रेष्ठले कम्पनीले उपलब्ध गराउने सेवा बेलैमा आत्मसाथ गर्नसके भैपरि आउन सक्ने जोखिमलाई कम गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष कुनलक्यालले छोटो समयमा कम्पनीले आफनो नेटवर्कलाई देशभर पु¥याउन सफलभएको वताउँदै उपत्यकाको ११औ शाखाको रुपमा कालिमाटी शाखा रहेको र ६ वटा शाखा महिला कर्मचारीको नेतृत्वमा संचालन भएको बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एस.के.तमोटले आगामी आर्थिक वर्षाभित्र शाखा सञ्जाल सख्या ६० पुयाउने र अधिकृत पूजी, १ अर्ब पुर्याउने लक्ष्य रहको बताए । हाल कम्पनीले ट्राभल, मेडिकल इन्स्योरेन्स, मोटर बीमा, स्वास्थ्य बीमा, पैसाको बीमा, माइक्रो, क्याटल, अन्नबालिको बीमा घर तथा अर्पाटमेन्टको बीमा गर्दै आएको छ ।

सो कार्यक्रममा प्रदेश सभाका सांसद राजेश शाक्यसहभागिता रहेको थियो भने सो कार्यक्रमको संयोजन राम प्रसाद पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्