सिभिल बैंकको शाखा रौतहटको गरुडामा पनि सञ्चालन

काठमाडौं, ९ असार । सिभिल बैंक लिमिटेडले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाका मेयर इन्नु राययादवले गर्नुभएको हो ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका प्रदेश नं. २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्यव्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । गरुडा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८२ पुगेकोे पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्