इथियोपियाका आर्मी प्रमुखको गोली हानी हत्या

कठमाडौं, असार ८ । इथियोपियाका सेनाका प्रमुखको गोली हानी हत्या गरिएको छ । आर्मी प्रमुख जनरल सिएर मिकोनेनमाथि राजधानी एडिस अबाबामा गोली प्रहार भएको हो ।

इथियोपियाको सरकारी सञ्चारमाध्यमका अनुसार देशको उत्तरी अमराह क्षेत्रमा सेनाले गरेको कू रोक्ने प्रयासको क्रममा आर्मी प्रमुखमाथि गोली प्रहार गर्नु परेको प्रधानमन्त्री अबी अहमदले बताएका छन् ।

सैनिक पोशाकमा टेलिभिजनसामु देखिएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिए । उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको हत्या भएको छ ।

यसअघि शनिबार अमराहका गभर्नर अम्बाक्युव मेकोनेन र उनका सल्लाहकारको हत्या भएको थियो। कू को प्रयासमा रहेकाहरुले उनीहरुको हत्या गरेका हुन् । सो क्षेत्रमा केही वर्षयता जातीय हिंसा भड्किएको छ ।

प्रतिक्रिया दिनुहोस्