यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु

काठमाडौँ । एक यात्रुवाहक बस दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ ।
उत्तरी भारतमा बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा बिहीवार बस खोँचमा खस्दा अन्य कैयौँ घाइते भएको पनि जनाएको छ । बसमा कम्तीमा पनि ६० जना सवार रहेको बुझीएको छ । त्यसमध्ये कतिपय बसको छतमा समेत सवार रहेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै दुर्घटनाबाट आफु निकै दुः खी भएको बताएका छन् ।

साँघुरो र घुमाउरो मोडमा बस पल्टिएर गहिरो खोँचमा खसेको थियो।यसअघि अधिकारीहरूले दुर्घटनामा कम्तीमा २५ जनाको ज्यान गएको बताए पनि घाइतेमध्ये थप १९ जनाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्