प्रभु बैंकको नयाँ शाखा अब ललितपुरको इमाडोलमा पनि

काठमाडौं, असार ६ । प्रभु बैंकले आफ्नो नयाँ शाखा ललितपुरको इमाडोलमा कार्यालय खोली संचालनमा ल्याएको छ ।

बैंकले ललितपुर जिल्ला महालक्ष्मी न.पा. १ स्थित इमाडोलमा आफ्नो शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो ।

शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस क्षेधमा आफ्नो शाखा विस्तार गरेकोमा धन्यवाद दिए ।

मेयर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी समेत प्रकट गरे ।

शाखा कार्यालय विस्तार भएसंगै अब यसबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको उनले बताए ।


उद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्