लुम्बिनी विकास बैंक र ग्राण्डी ईन्टरनेशनल अस्पतालबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं, असार ३ । लुम्बिनी विकास बैंक र ग्राण्डी ईन्टरनेशनल अस्पतालबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालका तर्फबाट बजार ब्यवस्थापन विभागका प्रमुख दिनेश पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब बैंकका कार्डबाहक ग्राहक र कर्मचारीले ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्