अब एनआईसी एशिया बैंकका ग्राहकले नयाँ दिल्लीको एपोलो हस्पिटलमा १५% छुट पाउने

काठमाडौं, असार ३ । अब एनआईसी उशिया बैंकका ग्राहकले नयाँ दिल्लीको एपोलो हस्पिटलमा १५% छुट पाउने भएका छन् ।

एन आई सी एशिया बैंक लिमिटेड र नयाँदिल्ली स्थित एपोलो हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका छन् ।

बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्