अस्पतालमा एक अर्कालाई गोली प्रहार, ५ जनाको ज्यान गयो
काठमाडौं, असार ३ । एक अस्पतालभित्र दुई समुहबीच भएको झडपमा ५ जनाको ज्यान गएको छ ।
पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको हो ।
सोमबार अबेर राती जिल्ला प्रमुख कार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विवाद चुलिएपछि एक अर्कालाई गरेको गोली प्रहारमा परी चार जनाको घटना स्थलमा नै मृत्यु भएको हो । भने एक जना घाइते भएका छन् ।
यस घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या पाँच पुगेको बताइएको छ ।
घाइतेहरुमा थप ती जनाको अवस्था अझै पनि गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्