बंगलादेशले वेष्ट इण्डिजलाई ७ विकेटले हरायो
आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशले वेष्ट इण्डिजलाई ७ विकेटले हरायो छ । यो संगै बंगलादेशको दोस्रो जित भएको छ ।
खेलमा वेष्ट इण्डिजले क्रिस गेललाई खाता खोल्न नपाउँदै गुमायो । दोस्रो विकेटका लागि इभिन लुइस र शेई होपले ११६ रनको साझेदारी गरेका थिए । लुइसले ६७ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७० रन बनाएका थिए । सातौं विकेटका रुपमा आउट हुनुपूर्व होपले पनि ९६ रनको योगदान दिए । शतकका लागि गरेको प्रहार क्याच भएपछि उनी बाहिरिए ।
सिमरन हेटमेयरले पनि ५० रनको आक्रामक योगदान दिए । उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । ज्यासन होल्डरले १५ बलमा ३३ रन बनाए भने निकोलस पुरनले २५ रन जोडे । बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमान तथा मोहम्मद सइफुद्धिनले तीन–तीन विकेट लिए भने शकिब अल हसनले दुई विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २१ रन बनाएको थियो । जवाफमा बंगलादेशले ४१ ओभर तीन बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । राम्रो सुरुवात गरेको बंगलादेशले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो ।
उसका ओपनर सौम्य सरकार २९ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि तमिम इक्वाल र शकिब अल हसनले अर्धशतकीय साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । जसमा इक्वालले ४८ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका मुस्फिकुर रहमान मात्र एक रनमा आउट भएपछि बंगलादेशले एक सय ३३ रनमा तेस्रो विकेट गुमायो । तर त्यसपछि शकिब र लिटोन दासले चौथो विकेटका लागि रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । जसमा शकिशले शतकीय पारी खेले । उनले एक सय २४ रनको पारी खेले । ९९ बलमा शकिवले १६ चौका प्रहार गरे । यस्तै लिटनले ९४ रन बनाए ।
प्रतिक्रिया दिनुहोस्