सिभिल बैंकको एकै दिन दुई शाखा सुर्खेत र लम्कीचुहामा सञ्चालन

काठमाडौं, १ असार । सिभिल बैंक लिमिटेडले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखासंचालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुकाबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले र लम्की चुहानगरपालिकाको मेयर महादेव बजगाईंले क्रमश सुर्खेत शाखा र लम्कीको उद्घाटन गर्नुभयो ।

सुर्खेत शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, कर्णाली प्रदेशका सांसदहरु पदमबहादुर रोकाया र थम्मर बहादुर बिष्ट, बीरेन्द्रनगर उद्योग वाणीज्य संघका अध्यक्ष पदमबहादुर शाही सिभिल बैंकका कर्णाली प्रदेशका प्रमुख शैलेश कार्की लगायत पत्रकार महासंघका पदाधिकारी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा कर्णालीप्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुनन सक्ने कुरा प्रस्ट्याउनु भयो । बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक समृद्धी आउने कुरा बताउनु भयो । सुर्खेतमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि उहाँले खुशीव्यक्त गर्नुभयो ।

सोही उद्घाटन कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपाललाई समृद्धि तर्पm लैजानहामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचितव्य वस्थापन गरी बचेको रकमलाई बैंकमाजम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानीगर्नको लागि आवश्यक पुजीँको निर्माण गर्न आग्रहगर्नुभयो ।

लम्की शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाई, सिभिल बैंक प्रदेशका सुदूर पश्चिम प्रदेशका प्रमुख दिपक जोशी, लगायतपत्रकार महासंघका पदाधिकारी, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्तित था सर्वसाधरणको बाक्लो उपस्थिति थियो । सिभिल बैंकले लम्कीेमा शाखा संचालनमा ल्याएकोमा धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले सम्पूर्ण जनसमुदाय िसभिल बैंकले प्रदान गर्ने बैंकिङ सेवाबाट लाभान्वित हुने कुरामा आफु विश्वश्त रहेको कुरा भन्नुभयो ।
सुर्खेत र लम्कीशाखा सहितसिभिल बैंककोे कुल शाखा संख्या ८१ पुगेकोे बैंकले जनाएको छ ।

सुर्खेतशाखाउद्घाटन समारोहको झलकहरु

प्रतिक्रिया दिनुहोस्