भारतमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गयो

काठमाडौं, असार १ । भारतमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ । भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको हो ।

बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४र४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तर बिहार सरकारले भने यसको पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् ।

भारतका पछिल्लो समय गर्मी निकै बढ्ेको छ । यसरी गर्मी अत्याधिक बढ्दा त्यहाँको जनजिवन पनि निकै कष्टकर भएको छ । स्थानीय बासिन्दा निकै मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्