देशैभर गर्मी बढ्दै, प्रशस्त पानी पिउन डाक्टरको सुझाव

काठमाण्डौ , जेठ ३२ । केही दिनयता तराईलगायत देशैभर गर्मी बढेको छ । अरु दिन भन्दा आज झन गर्मी बढेको छ । पहाडी तथा तराइका जिल्लामा अत्याधि गर्मी बढेको हो ।

गर्मीले गर्दा तराइ जिल्लाका बासीन्दा घरबाहिर निस्कन सकेका छैनन् । बढ्दो गर्मीसँगै विभिन्न रोग लाग्न सक्ने भएकाले यसबाट जोगिन विभिन्न उपाय अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

तराईलगायत देशैभर गर्मी बढेकाले सावधानी अपनाउन फेमीली फिजिसियन डाक्टर विश्वराज दवाडीले सुझाव दिउका छन् ।

गर्मीमा पकाइएको खानेकुरा केही घन्टामै बिग्रने भएकाले बासी तथा सडेगलेका खानेकुरा नखान, धेरै मसलायुक्त खानेकुरा नखान, दुषित पानी नखान, काँचो र नपाकेका खानेकुरा नखान उनले आग्रह गरेका छन् ।

यस्ता खानेकुराले फुड पोइजनलगायतका स्वास्थ्य समस्या हुने उनको भनाई छ । यस्तै फोहोर र बासी खानाले पखाला लाग्ने, बान्ता हुने र ज्वरो आउँछ । यस्तै गर्मी भएकाले जाडो महिनाको तुलनामा दोब्बर धेरै पानी पिउन डाक्टर दवाडीको सुझाव छ ।

घाममा बसेर काम गर्दा पसिना मार्फत् शरीरमा भएको पानी बाहिर निस्कने भएकाले जाडो याममाभन्दा धेरै पानी पिउनुपर्ने हुन्छ ।

यसैगरी सकेसम्म घाममा बसेर काम नगर्न, बस्नै परे सफा पानी धेरै मात्रामा पिउन, ताजा जुस, झोलिलो खानेकुरा धेरै खाने, पूरा बाहुला भएको लुगा लगाउने, टोपी लगाउने, हिँड्दा छाता ओड्ने गरे पनि गर्मीबाट बच्न सकिने डाक्टर दवाडीले बताए ।

त्यतिकै घाममा बाहिर नजान पनि डाक्टरहरुको सुझाव रहेको छ । यता काठमाडौंमा पनि आज अत्याधिक गर्मी बढेको छ । अरु दिनको तुलनामा आज धेरै गर्मी महसुश भएको हो ।

प्रतिक्रिया दिनुहोस्