कामना सेवाको पाडाजुंङ्गी र बुधवारेमा एकैदिन दुई नयाँ शाखा संचालनमा

काठमाडौं ३१, जेष्ठ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं.१ को झापा जिल्लाको कमल गाउँपालिका-५, पाडाजुंङ्गी र बुद्धशान्ति गाउँपालिका-१, बुधवारेमा यही जेष्ठ ३० गते आफ्नो ८८औं र ८९औं शाखा स्थापना गरि कारोबार शुरु गरेको छ ।


बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ गरेको हो । बैंकको प्रदेश नं १ मा ९ शाखा पुगेको र थप शाखाहरु संचालनमा ल्याउने बताउंदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा गति मिल्ने बैंकले बिश्वास लिएको प्रमुख कार्यकारी अधिकृत बस्नेत बताए ।

बैंकले व्यवसाय बिस्तारको क्रममा नविनतम प्रोडक्ट्हरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिंग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ८९ वटा शाखा कार्यालयहरु तथा ४० वटा ATM मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै, बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र सि -आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिग सेवाहरु उपलब्ध गराउदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्