प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा नारायण पौडेल नियुक्त

काठमाडौं, जेठ ३१ । राष्ट्र बैंकबाट अवकाश पाएको चौथो दिनमै नारायण पौडेल प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्।

पौडेलले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेका थिए।

बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका पौडेल बीमा कम्पनीको सिइओ बनेको हुन्।

बैंकिङ क्षेत्रका बारेमा राम्रो ज्ञान भएका पौडेल पछिल्लो समय बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख थिए।

प्रभु लाइफको ३० गतेको सञ्चालक समितिले उनलाई प्रमुख कार्यकारीमा नियुक्त गरे पनि बीमा समितिबाट अनुमोदन हुन भने बाँकी छ।

प्रतिक्रिया दिनुहोस्