प्रभु बैंकको नयाँ शाखा कैलालीको टिकापुरमा

काठमाडौं, जेठ ३१ । प्रभु बैंकले आफ्नो नयाँ शाखा कैलालीको टिकापुरमा पनि विस्तार गरेको छ ।

बैंकले टिकापुर न.पा. १ स्थित टिकापुरमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो ।

टिकापुर न.पा.का नगर प्रमुख टपेन्द्र बहादुर रावलले शाखाको उद्घाटन गरेका छन् ।


नगर प्रमुख रावलले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे ।

यस टिकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने उनले बताए ।

शाखा विस्तार संगै अब भने त्यहाँका स्थानीयलाई बैंकिङ्ग सेवा उपभोग गर्न सहज हुने भएको छ ।

यसरी आफ्नै क्षेत्रमा बैंकिङ्ग सेवा विस्तार हुदा निकै उत्साहित भएको त्यहाँका स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्