प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा नारायण पौडेल

काठमाडौ ३१ जेठ । प्रभु लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतमा राष्ट्र बैंक बाट हालै मात्र अवकास पाएका नारायण पौडेललाई नियुक्त गरेको छ ।

राष्ट्र बैंकबाट सेवा अवधिका कारण कार्यकारी निर्देशकबाट अवकाश पाएका पौडेल प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी नियुक्त भएका हुन् ।

बैंकिङ क्षेत्रका बारेमा राम्रो ज्ञान भएका पौडेल पछिल्लो समय बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुखको रुपमा थिए । राष्ट्र बैंकको प्रवक्ता र महत्वपूर्ण विभागमा बसेर काम गरेका अनुभवि निर्देशकको रुपमा परिचित छन् ।

प्रभु लाइफको ३० गतेको सञ्चालक समितिले उनलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । उनको नियुक्ति नियामक बीमा समितिले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्