फिफा महिला विश्वकपमा जर्मनीको लगातार जित, स्पेन १-० ले पराजित

फिफा महिला विश्वकपमा जर्मनीले लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा जर्मनीले स्पेनलाई एक शून्य गोलले हरायो ।

फ्रान्समा भएको खेलमा समूह बी अन्तर्गत जर्मनीको जितमा सारा डाब्रिजको एकमात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४२ औं मिनेटमा साराले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलले पछि परेको स्पेनले दोस्रो हाफमा खेलमा फर्कन पर्याप्त मौका पाएको थियो । तर उसले जर्मनीको डिफेन्सलाईन क्लियर गर्न सकेन । स्पेनले दुई वटा उत्कृष्ट मौका पाएपनि गोल गर्नबाट चुक्यो ।

यो जितले जर्मनीको दुई खेलमा ६ अंक भएको छ । यसका साथै जर्मनी समुह बी शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्