प्रधानमन्त्री ओलीले गरे बेलायती प्रधानमन्त्री मे र राजकुमार ह्यारीसँग भेटवार्ता, भेटमा भयो यस्तो छलफल

काठमाण्डौ ,जेठ २९। बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले मेसँग मङ्गलबार दिउँसोे भेटवार्ता गरेका हुन् ।
भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, नेपालमा वैदेशिक लगानी, नेपालको पुनर्निर्माण भूतपूर्व गोर्खा सैनिकहरूका गुनासालगायत विविध विषयमा छलफल भएको बताइएको छ ।

लन्डनमा प्रधानमन्त्री ओलीले राजकुमार ह्यारीसँग पनि भेटवार्ता गरेका छन् ।

ओलीलाई केन्सिङटन प्यालेसमा स्वागत गर्दै ह्यारीले नेपालको पुनर्निर्माणबारे चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले ह्यारीलाई पुनः भ्रमणको निमन्त्रणा दिँदै नेपालप्रति बेलायतको राजपरिवारले देखाउँदै आएको सद्भावको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्