८ दिनदेखि बेपत्ता भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटियो, विमानमा भारतीय सेनाका १३ जना…
काठमाडौं, जेठ २८ । आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा भेटिएको छ । उक्त विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएका हो ।
विमानमा भारतीय सेनाका १३ जना रहेका थिए । यसमा रहेका सेनाको अवस्थाका बारेमा भने जानकारी लिने प्रयास भैरहेको छ ।
पछिल्लो ८ दिनदेखि बेपत्ता भारतीय सेनाको एएन–३२ विमानको टुक्रा मंगलबार अरुणाञ्चल प्रदेशमा भेटिएको बताएको छ ।
भारतीय वायु सेनाको एमआई–१७ हेलिकप्टरले अरुणाञ्चल प्रदेशको सियाङ जिल्लामा विमानको टुक्रा देखेको भारतीय वायु सेनाले ट्वीटमार्फत जानकारी दिएको छ ।
यो जहाज गएको जुन ३ मा असमको जोरहाटबाट उडान भरेको थियो । उडान भरेको आधा घण्टामै जहाज सम्पर्कविहिन हुन पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्