सिभिल बैंकको ७७औं शाखा गोलबजारमा खुल्यो

काठमाडौं, २७ जेष्ठ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहा जिल्लाको गोलबजारमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन आज एक कार्यक्रमकाबीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गर्नुभयो छ ।

उक्त शाखा उद्घाटन समारोहमा प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, पत्रकार महासंघका सिरहका सभापति रामबाबु यादव, प्रहरी निरीक्ष कनविन घिमिरे तथा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठलगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गोलबजारको बढ्दो आर्थिक गतिबिधिसंगै सिभिल बैंकले पनि आफ्नो शाखा यस क्षेत्रमा बिस्तार गरेकोमा खुशी व्यक्त गर्नुभयो
सिभिल बैंकका प्रदेश नं २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागि उत्पादन मुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने कुरा पनि उहाँले बताउनु भयो ।
सिभिल बैंकको यस गोल बजार शाखासहित बैंकको कुल शाखा संख्या ७७ पुगेकोे बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्